बालुवाटारको जग्गामा कुनै हिनामिना नभएको महासचिव पौडेलेको स्पष्टोक्ति (विज्ञप्ती सहित)



२७ चैत्र २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गासम्बन्धी समाचारमा ध्यानाकर्षण भएको जनाएका छन ।

उनले आज एक विज्ञप्ती जारी गर्दै संचारमाध्यमहरुमा छापिएको समाचारहरुमा कुनै सत्यता नभएको स्पष्टोक्ति दिएका छन् ।

उनको विज्ञप्तीमा भनिएको छ ।

“२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेष्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।”

विज्ञप्ती !

प्रतिक्रिया दिनुहोस्