केयूकेएल हिजोको जस्तो पाराले होइन छलाङ मारेर अघि बढ्नु पर्छ : खानेपानी मन्त्री



२७ चैत २०७५, काठमाडौं

खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ) हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताएकी छिन् ।

केयूकेएलको सातौ वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताउनु भएको हो । उनले केयूकेएल प्रति जनताको धेरै आशा रहेको र जनताको स्वच्छ खानेपानीको अधिकारलाई केयूकेएलले पुरा गर्नुका साथै हिजोको जस्तो अवस्थाबाट चल्नु नहुने बताईन ।

केयूकेएलमा स्थानीय नगरपालिका, निजी क्षेत्र र सरकारको लगानी भएकाले खानेपानीमा पनि सुरक्षित लगानी छ भन्ने सन्देश केयूकेएलले दिनु पर्ने मन्त्री मगरको भनाइ छ ।

केयूकेएल स्थापना भएको ११ वर्ष पछि खानेपानी मन्त्री मगरले सबै शेयर धनीहरुलाई प्रमाणपत्र वितरण गरिन । साधारणसभाले केयूकेएलको जारी पूंजी १ अर्ब ५५ करोड  पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्