
२७ चैत २०७५,काठमाडौं
चीनको हुनान प्राप्ताको जियांगमा प्रहरीबाट भागेका चोरलाई प्रहरीले नै उद्धार गरेका छ । प्रहरी चोरलाई पक्राउ गर्न उनी बसेको भवनमा पुगेगछि डरले भाग्रे क्रममा भवनको २२ औ तलामा अड्किएका थिए । त्यसपछि ती युवकले प्रहरीसमक्ष आफुलाई बचाउन भन्दै चिच्याएका थिए ।
प्रहरीको अनुसार ती युवकले चक्कु देखाउदै चोरी र लुटपाट गर्नुका साथै लागुपदार्थमा फसेको थाहा पाएपछि ती युवक बसेको भवनमा समात्न पुगेका थिए । युवक झ्यालबाट भाग्दा भाग्दै अचानक एक हात खुस्किएर झ्यालमा झुण्डिएपछि बचाउन अनुरोध गरेका थिए । त्यसपछि प्रहरीले उनलाई आत्मा समर्पण गर्न लगाएर उद्धार गरेका जनाएको छ ।
पक्राउ परेको ती युवकले भर्खरै मात्र स्टोरबाट कार्ड चोरेर खाताबाट १० हजार युआन (एक लाख ६५ हजार रुपैयाँ )निकालेर भागेको प्रहरीले जनाएको छ । त्यसपछि उनको प्रहरीले खोजी कार्य सुरु गरेको थियो । उनको यसभन्दा पहिले पनि धेरै ठाउँमा चोरी गरिसकेको थिए । हाल उनलाई जेल चलान गरिएको छ ।





