दोस्रो पटक पनि मोदी नै प्रधानमन्त्री बने राम्रो : पाकिस्तानी प्रधानमन्त्री खान



२७ चैत्र २०७५, काठमाडौं

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतमा दोस्रो पटक पनि समकक्षी नरेन्द्र मोदी नै प्रधानमन्त्री हुँदा आफुहरुलाई सजिलो हुने बताएका छन् ।

संचारकर्मीहरुसँग कराकानी गर्दै खानले अर्को कार्यकालमा पनि मोदी नै प्रधानमन्त्री बने कश्मिरका बारेमा भारतसँग शान्ति वार्ता हुने बताएका हुन् ।

अहिलेको प्रमुख प्रतिपक्षी कंग्रेस आई सत्तामा आए दक्षिणपन्थी दलहरूको डरले कस्मिरका विषयमा उसले पाकिस्तानसँग वार्ता नगर्ने खानको दावी छ ।

“भाजपा आफैं दक्षिणपन्थी पार्टी हो । यदि उसले चुनाव जितेमा पाकिस्तानसँग वार्ता गर्न सक्छ । यद्दपी मोदीको भारतमा मुसलमानले आफूलाई पूर्णरूपमा अलगथलग महशुस गरिरहेका छन् ।” खानले भने ।

भारतमा भोलिदेखि लोक सभाको चुनाव हुँदैछ । सात चरणमा हुने चुनाव जुन ११ मा सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्