IPL : राईडर्स पराजित हुँदा चेन्नई शीर्ष स्थानमा !



२७ चैत्र २०७५, काठमाडौं

जारी आईपीएलको क्रिकेटको २३ खेलमा कोलकत्ता नाइट राइडर्स पराजित हुँदा चेन्नई सुपर शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार चेन्‍नईको घरेलु मैदान एम चिदामबराम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्‍नईले कोलकत्तालाई ७ विकेटले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।

कोलकत्ताले दिएको १०९ रनको लक्ष्‍य चेन्‍नईले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

चेन्‍नईका लागि फाप डु प्लेसिसले अविजित ४३ रन बनाए । यस्तै अम्बाती रायाडुले २१ रन जोड्दा सेन वाट्सनले १७ रन बनाए । सुरेश रैना १४ रनमा आउट हुँदा केदार जादबले अविजित ८ रन जोडे ।

कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो ।

कोलकत्तालाई हराएसंगै शीर्ष स्थानमा उक्लिएको चेन्‍नई लिगमा पाँचौं जितसँगै १० अंक जोडेको छ । त्यस्तै पराजित कोलकत्ता ६ खेलमा चार खेल जितेर ८ अंकसहित लिगको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्