उच्च अदालतमा सिफारिस १८ न्यायधीसले आज शपथ लिदैँ !



२७ चैत्र २०७५, काठमाडौं

उच्च अदातलमा सिफारिस भएका १८ न्यायधीसको शपथ खुवाउने तयारी आज गरिएको छ ।

उच्च अदालतमा सिफारिस भएकामध्ये केही न्यायधीसहरुको नाममा विवाद तीब्र हुन थालेपछि उनीहरुलाई सर्वोच्चमा शपथ खुवाउन लागिएको हो ।

न्याय परिषद्‌ले गत मंगलबार विभिन्न उच्च अदालतका लागि १७ जना हाल र एक जना बैशाखदेखि नियुक्त हुने गरी नाम सिफारिस गरेको थियो । परिषद्‌ले न्याय, कानून र कानून व्यवसायीबाट योग्यता पुगेका १८ जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिस गरिएकामध्ये एक न्यायधीसको कार्यकाल बैशाखदेखि हुने परिषद्‌को निर्णयमा उल्लेख थियो ।

उनीहरुलाई मुख्य न्यायधीसले प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणालाई साक्षी राखेर शपथ खुवाउने कार्यक्रम छ। शपथ बुधबार मध्यान्ह १२ बजेका लागि तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्