आठौँ राष्ट्रिय खेलकूद : नेपालगञ्जमा हक्की सुरु !



२७ चैत्र २०७५,व काठमाडौं

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गतको हक्की खेल आज बुधबारदेखि नेपालजञ्जमा सुरु भएको छ ।

हक्की मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा विहान ७ बजे सुरु भएको हो ।

पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबका १६२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने हक्कीका मुख्य प्रशिक्षक पिन्टु शर्माले जानकारी दिए ।

महिलातर्फका हक्की प्रतियोगितामा ६ वटा टोलीले मात्र प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा प्रदेश पाँच र कर्णाली प्रदेशभने, सहभागिता जनाएका छैनन् ।

महिला हक्की प्रतियोगितामा १०८ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । महिला हक्की ३० चैतदेखि गतेदेखि शुक्र मावि खजुरामा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्