च्याम्पियन्स लिग : म्यानचेष्टर र बार्सिलोनाबीच भिडन्त !



२७ चैत्र २०७५, काठमाडौं

च्याम्पियन्स लिगअन्तर्गत आज म्यानचेष्टर युनाईटेड र बार्सिलोनाबीच प्रतिस्पधौ हुँदै छ ।

यसअघि अन्तिम १६ मा बार्सिलोना र युनाइटेड दुवैले फ्रेन्च क्लबलाई हराएर अन्तिम आठमा पुगेका थिए ।

जसमा बार्सिलोनाले लियोनलाई समग्रमा ५–१ ले हराएको थियो भने युनाइटेडले पिएसजीलाई ३–३ को बराबरीमा रोक्दै अवे गोलमा अघि रहेर अन्तिम आठमा पुगेको थियो ।

युनाइटेडले पहिलो लेग आफ्नो घरमा ०–२ ले हारे पनि पिएसजीको घरमा भएको दोस्रो लेग ३–१ ले जित्दै अन्तिम आठमा पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्