बूनपा १ र २ को समन्वयमा स्वास्थ्य केन्द्रहरुको अवलोकन भ्रमण सम्पन्न



२६ चैत २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुरेन्द्र लामा र वडा नं. २ का राजेन्द्र श्रेष्ठ, ज्ञानु कार्की (थापा) को नेतृत्वमा विभिन्न जिल्लामा रहेका स्वास्थ्य केन्द्रहरुको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

चपली भद्रकाली स्वास्थ्य केन्द्र र बुढानिलकण्ठ नगरपालिका १ र २ को समन्वय टोलीले चैत २१ देखि २४ गते सम्म खोटाङ जिल्लाको हलेसी महादेव, रामेछापको स्वास्थ्य केन्द्र, दोलखाको जिरी, चरिकोट, भिमेशवर, कालिन्चोकमा रहेका स्वास्थ्य केन्द्रहरुको अवलोकन भ्रमण गरेका थिए ।

भ्रमणमा स्वास्थ्य केन्द्रका प्रमुख बेल बहादुर सिंजाली लगायत १९ जना स्वास्थ्य स्वयंसेवीका, ५ जना स्वास्थ्य केन्द्रका कर्मचारी तथा अन्य जनप्रतिनिधिको उपस्थित रहेको थियो ।

स्वास्थ्य स्वयंसेवीकाहरुको क्षमताको अभिबृद्धी गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको केन्द्रका प्रमुख सिंजालीले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्