विराट सिकारु कप्तान हुन् : गम्भीर गौतम



२६ चैत्र २०७५, काठमाडौं

गौतम गम्भीरले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सिकारु कप्तान भएको बताएका छन् ।

जारी आईपीएल उनको टिम बैंगलोर लगातार ६ पटक पराजित भएपछि गम्भीरले कोहली सिकारु कप्तान भएको बताएका हुन् ।

उनले विराटले कप्तानका रूपमा लिएका कयौं फैसलाको आलोचना गरेका छन् ।

आईपिएलमा कोलकता नाइट राईडर्सको कप्तानी गरिसकेका गम्भीरले खेलाडीका रूपमा कोहली शानदार भए पनि कप्तानका रूपमा भने सिकारू रहेको बताए ।

“विराट राम्रा ब्याटसम्यान हुन् तर कप्तानीको मामिलामा सिकारू नै छन् । उनले बलिङ हारको कारण हो भनेर दोष लगाउनुको सट्टा सोको जिम्मेवारी आफैले लिनुपर्छ ।” उनको लेखमा भनिएको छ ।

टाइम्स अफ ईण्डियामा लेख लेख्दै उनले विराटले हारको बाहाना बनाउनु सट्टा त्यसको जिम्मेवारी स्वयंले लिनुपर्ने लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्