IPL : कोलकता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै



२६ चैत्र २०७५, काठमाडौं

आईपीएलमा कोलकता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पाँच खेलबाट समान अंक भएपनि रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा रहेका यी दुई टोलीबीच आईपीएलको २३ औं तथा आफ्नो छैटौं खेलमा प्रतिस्पर्धा हुन लागेको हो ।

चेन्नईको घरेलु मैदानमा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ ।

शीर्ष स्थान कब्जा गरिरहने लक्ष्यका साथ कोलकता चेन्नईको मैदानमा उत्रिँदैछ । चेन्नई सुखद् नतिजासहित शीर्ष स्थानमा उक्लिने मौका सदुपयोग गर्ने योजनामा छ ।

दुबै टोली पाँचौं जितको खोजीमा छन् ।कोलकता ८ अंकसहित शीर्ष स्थानमा छ । समान अंक रहेको चेन्नई रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्