भिडियो गेम खेलेरै धेरै भ्यूज, वर्षमा सवा २ करोड कमाउँछन् : १४ वर्षीय बालक



२६ चैत २०७५, काठमाडौं

अमेरिकामा एक नव बालके भिडियो गेम खेलेरै वर्षमा सवा २ करोड रुपैयाँ कमाएका छन् । ग्रिफिन स्पिकोस्की नाम गरेको १४ वर्षीय ती बालकले प्रत्येक दिन करिब १८ घण्टासम्म फोर्टनाइट भिडियो गेम खेल्दछन् । त्यसपछि आफ्नो १२ लाख सब्सक्राइबर भएको युट्युब च्यानल स्केपटिकमा अपलोड गरेर प्रशस्त पैसा कमाउँछन् । अहिले उक्त भिडियोमा ७ करोड १० लाख भ्यूज पुगिसकेको छ ।

Image result for ग्रिफिन स्पिकोस्की

Image result for ग्रिफिन स्पिकोस्की

आमाबुवाका अनुसार ३ वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न सुरु गरेकाले ग्रिफिनले स्कुल समेत पढ्न छोडेको बताउछन् । साथै भिडियो गेम खेलेरै युट्युबबाट गरेको करोडौ आम्दानीका कारण उनको लागि एकजना वित्तिय सल्लाहार तथा एकजना लेखापाल पनि नियुक्त गरिएको आमाबाबुले बताए । यो भिडियो गेमको आफ्नो छोराको लगाव र कमाइ देखेर ग्रिफिनको बाबुआमा नै अचम्ममा परेका छन् । हाल उनी बसीबसी करोडौ कमाउदै अनलाइनबाटै पढिरहेका छन् ।

Image result for ग्रिफिन स्पिकोस्की

Image result for ग्रिफिन स्पिकोस्की

प्रतिक्रिया दिनुहोस्