रौतहटमा हावाहुरी : एक महिलाको ज्यान गयो



२६ चैत २०७५, काठमाडौं

रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा आएको हावाहुरीबाट एक महिलाको ज्यान गएको छ ।

मंगलबार बिहान ९:३० आएको हावाहुरीमा धनेशराम चमारकी ६६ वर्षीया श्रीमती रमसखरीया देवीरामको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बन्द्री पौडेलका अनुसार हावाहुरीका कारण घरको टाली खसेर उनको मृत्यु भएको थियो ।

हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । त्यस्तै, विजुलीका पोलहरु ढलेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्