
बेलायतकी एक महिलाले गर्भवती भएको ४५ मिनेटपछि स्वस्थ छोरीलाई जन्म दिएकी छिन् ।
उनी बच्चा जन्माउनु अघिल्लो रात ‘स्याप्प’ परेको पेटमा सुत्न गइन्, बिहान उठ्दा उनले आफ्नो पेट उठेको महसुस गरिन् र त्यसको ४५ मिनेटपछि बच्चा जन्माइन् ।
सन् २०१८ को जुलाई १७ मा १९ वर्षकी एम्मालुइस लेगातेमाथि जे भयो त्यसलाई साधारण मान्न सकिँदैन । उनी एक रातअघि नदेखिएको पुक्क परेको पेटसहित उठिन् । यस्तो देखेर ती किशोरीले आमालाई बोलाइन् जसले उनकी हजुरआमा लुईसलाई सम्पर्क गरिन् ।
लुइसले नातिनीको पेट देख्नेबित्तिकै उनी गर्भवती भएको थाहा पाइहालिन् त्यसकारण उनले एम्मालुइसलाई कारमा राखेर अस्पताल लैजान तरखर गरिन् । लुईस मिडवाइफको खोजी गर्न निस्कँदा नातिनीलाई कारमा नै पर्खन भनिन् । उनी फर्केर आउञ्जेलसम्म ती किशोरीले कारको ब्याकसिटमा बच्चालाई जन्म दिइसकेकी थिइन् ।
हजुरआमाले मिडवाइफलाई लिएर आउँदासम्म आफूले बच्चालाई जन्म दिइसकेको ती किशोरीले सम्झिइन् ।
गर्भ निरोधक चक्की सेवन गरिरहेकी ती किशोरीले औषधीकै कारण महिनावारी रोकिएको सम्झिइन् । एम्मालुइसले कहिले पनि गर्भावस्थामा हुने लक्षणको सामना नगरेको बताइन् । उनले भनिन्, ‘मलाई कहिले पनि मर्निङ सिकनेस भएन, केही कुरा नखाई नहुने भएन, बच्चाले लात्ता हानेको पनि कहिले पनि थाहा पाइनँ र ठूलो पेट पनि देखिएन । त्यसकारण कहिले पनि गर्भको परीक्षण पनि गराइनँ ।’
‘म गर्भवती भएको जस्तो कुनै पनि हालतमा देखिँदैनथेँ । हो, मेरो तौल भने बढेको थियो त्यसकारण मेरी आमाले मलाई हिँड्नका लागि सल्लाह दिनुहुन्थ्यो । विशेषगरी, मेरो पाखुरा, खुट्टा र अनुहार बढेका थिए तर मेरो पेट कहिले पनि बढेन ।’
दोस्रो सन्तान कायरालाई जन्म दिने दिनमात्रै आफू गर्भवती भएको थाहा पाएको उनले बताइन् । डाक्टरले किशोरीको बच्चा उनको पिठ्युँको तल्लो भागमा बसेको हुनसक्ने अनुमान गरे ।
कायरा आफ्नो लागि आशिर्वाद भएपनि एम्मालुइसले केनेडी न्यूज एण्ड मिडियालाई भविष्यमा पनि यस्ता घटना हुनसक्ने भएकाले गर्भ्निरोधक औषधीको साटो पाँच वर्षका लागि ढुक्क हुने आइयुडी राखेको र निरन्तर गर्भ परीक्षण गरिरहेको बताइन् । एजेन्सी





