परदेशीको बास्तविक पिडामा आधारित आधुनिक गीत “प्रदेशीको बाध्यता” (भिडियो सहित)



२५ चैत २०७५, काठमाडौँ

नेपाल म्युजिक प्रालीको प्रस्तुतिमा बैदेशिक रोजगारीमा गएका युवाहरुको बास्तविक कथालाई समेटेर तयार पारिएको गायक दुर्गा रोक्का मगरको बास्तविक जीवन भोगाईमा आधारित गीत “प्रदेशीको बाध्यता” गीतको भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

धन कमाउने सपनामा सात समुन्द्र पारि गएर भोगेका पिडा र परिवारबाट विछोड हुनुपर्दाको पिडालाई मार्मिक रुपमा समेटिएको छ । परिवारका सदस्यको अभावमा विदेशी भुमिमा भोग्नुपरेका पिडालाई आफन्त हरुमाझँमा बसेर पोख्न को लागी गायक सक्षम भएका छन् । प्रेम घर्ती मगरको शब्द तथा दीपक राज विश्वकर्माको संगीत संयोजन गीतमा रहेको छ ।

भिडियोमा मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको छ । “प्रदेशीको बाध्यता” गीतको भिडियोमा सारिका केसी र दुर्गा रोक्का मगरको मन छुने अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्