
२५ चैत २०७५, काठमाडौँ
देवी म्युजिक सोलुसनको प्रस्तुतिमा समर्पित मन पुस्कलको निकै मार्मिक लोकदोहोरी गीत “दोषी समय” गीतको भिडियो बजारमा सार्वजनकि भएको छ । सार्वजनिक गीतमा मिना मगर र गायक शितल गुरुङको आवाज रहेको छ ।
जीवन भोगाइका क्रममा बाध्यताले आफ्नी प्रेमीकालाई छोड्नुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । समयको अवस्था सगँै विछोड हुनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।
शंकर वली र शिव कुँवर समिरको शब्द तथा समर्पित मन पुस्कलको लय सिर्जना गीतमा रहेको छ । निकै मार्मिक रुपमा भिडियो निमार्ण गरिएको छ । भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको छ । “दोषी समय” गीतको भिडियोमा अनिता छिनाल र सागर थापाको जीवन्त अभिनय रहेको छ ।





