सोलुखुम्बुमा म्याराथन दौड प्रतियोगीतामा जिते : भीम र सुमी



२५ चैत २०७५, सोलुखुम्बु

पर्यटन प्रवद्र्धनकै लागि पुरुष र महिला छुट्टाछुट्टै समूहमा पहिलोपटक यहाँ आयोजना भएको पिकेदेम्बा हाफ म्याराथन ९ट्रेक रेस० मा पुरुषतर्फ गोरखाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठानकी हुमी बुढामगरले उपाधि जितेका छन् ।

यस्तै पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र ओखलढुङ्गाका देवराज बस्नेत तेस्रो भए । महिलातर्फ दोस्रोमा ओखलढुङ्गाकी कृष्णकुमारी भुजेल र सोही जिल्लाकी छोकी शेर्पा तेस्रो हुन सफल भएको आयोजक प्रतिनिधि सर्की शेर्पाले जानकारी दिनुभयो । उनीहरुले क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार प्रदान गरेका थिए । उत्कृष्ट आठसम्मलाई पुरस्कार दिइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्