
२४ चैत २०७५, काठमाडौं
“बन्धु एकता हाम्रो अभियान, भाईचारामा प्रथम राष्ट्रिय अधिबेशन“ भन्ने उद्घोषका झापाको कन्काई नगरपालिका वडा नं ४ को घृतकौशिक गोत्रीय प्रतिष्ठान परिसरमा नेपाल बंशज परिषद्को प्रथम केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।

नेपाल बन्धुहरुको भव्य उपस्थिति र अत्यन्तै सौहार्दपुर्ण वातावरणमा गत शनिबार माईधार झापामा सम्पन्न नेपाल वंशज परिषद्को प्रथम राष्ट्रिय अधिवेशनले २१ सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरेको छ ।

३० सदस्यको निर्वाचन हुनु पर्ने सो संस्थाको कार्यसमितिमा हाल २१ जना मात्र निर्वाचित भएका छन् । खाली रहेको भूगोलबाट बाँकी ९ पदको पदपूर्ति गर्ने काम नवनिर्वाचित कार्यसमितिलाई सभा हलले सुम्पिएको हो ।
आगामी ३ वर्ष अवधिकालागि निर्वाचित कार्यसमितिको नामावली :
अध्यक्ष : अनिल उपाध्याय नेपाल
बरिष्ठ उपाध्यक्ष : जनार्दन नेपाल
उपाध्यक्षहरु
एकमणि नेपाल
जयनारायण नेपाल
डा. शैलेन्दुप्रकाश नेपाल
रेवति रमण नेपाल
महासचिव : समीर नेपाल
सचिवहरु
हेमशागर नेपाल
धर्मप्रसाद नेपाल
कोषाध्यक्ष : खगेन्द्र प्रसाद नेपाल
सहकोषाध्यक्ष : टीका नेपाल
सदस्यहरू :
सूर्य नेपाल
कुवेरमणि नेपाल
पिरू प्रसाद नेपाल
उत्तम के.सी. नेपाल
रामचन्द्र नेपाल
उपेन्द्रप्रसाद नेपाल
पशुपति नेपाल
अमृता नेपाल
फणिराज नेपाल
डिल्लीप्रसाद नेपाल निर्वाचित भएका छन् ।
कार्यक्रममा केवल नेपाल १०२ बर्ष, मोरङ र अग्नी प्रसाद नेपाल १०४ बर्ष, मोरङ र सिताराम नेपाल ९९ बर्ष, झापार युवराज नेपाल ९३ बर्ष मोरङ र लक्ष्मी नेपाल ९३ बर्ष, लगायत अन्यलाई सम्मान गरिएको थियो ।





