सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको अध्यक्षमा उद्धव भट्टराई



२४ चैत २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा अवस्थित सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको सातौं साधारण सभाले उद्धव प्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नगरप्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रमादेवी राई, स्थानीय समाजसेवी लक्ष्मी संग्रौला लगायत धर्ममा आस्था राख्ने स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

साधारण सभाले निर्वाचित गरेको कार्यसमितिको नामावली :
अध्यक्ष:
उद्धव प्रसाद भट्टराई
उपाध्यक्षहरु
कृष्ण कुमार पोखरेल (श्याम)
माधव प्रसाद पौडेल
निलम जोशी (अमात्य)
महासचिव: शान्ति तिवारी
सचिव: केशव प्रसाद भट्टराई
कोषाध्यक्ष: मोहन थापा
सदस्यहरु
गोपाल प्रसाद उपाध्याय गुरागाईं
दिपक अधिकारी
देवी रेग्मी
बैकुण्ठ अधिकारी
सिताराम थापा
राजेश दाहाल
बबि जोशी
कबिराज पराजुली

भगवान शिवको आराधना हुने कपन क्षेत्रकै सिद्धेश्वर मन्दिर परिसरमा विहान बेलुका भजनकिर्तन, ध्यान, योग लगायत धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्