सञ्चिता शाही र सुमन परियारको सर्वोकृष्ट अभिनयमा ‘फेसबुक च्याट’ (भिडियो सहित)



२४ चैत २०७५, काठमाडौं

झझल्को म्युजिक प्रालीको प्रस्तुतिमा कालिका रोक्का मगरको निकै मार्मिक लोकदोहोरी गीत ‘फेसबुक च्याट’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक भरत भटट् र गायिका कालिका रोक्का मगरको आवाजमा मार्मिक गीत तयार गरिएको हो ।

दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई मन छुने प्रस्तुतीका साथमा गीत ल्याएको गायिका कालिकाले बताइन  । आफनो प्रेमीको सहारामा जीवनमा खुशी हुने अपेक्षा गरिएको भएपनी विभिन्न कारणबाट विछोडिएका प्रेमी प्रेमिको बास्तविक भोगाईलाई समेटेर गीतको तयार गरिएको कालिका रोक्का मगरले बताइन् । गीतमा कालिका कै शब्द तथा लय सिर्जना रहेको छ ।

भिडियोमा मरुभूमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन रहेको छ ।  ‘फेसबुक च्याट’ गीतको भिडियोमा सञ्चिता शाही , मायालु दिनेश र सुमन परियारको निकै लोभलाग्दो अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्