‘को बन्छ करोडपति’ पहिलो प्रश्नमा नै लाईफलाईन, खाली हात आएका खाली हात नै फर्के (भिडियो सहित)



२४ चैत २०७५, काठमाडौं

महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान टेलिभिजनबाट प्रसारण हुन्छ ।

एसआरबीएन मिडियाको सहप्रायोजन रहेको कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

एपिसोडमा २६ का प्रतियोगीे गोविन्द गुप्ता रौतहटको फास्टेस्ट फिंगरमा १० जना प्रतियोगी मध्ये सबै भन्दा पहिले प्रश्नको उत्तर दिन सफल भएका छन् । र हट सिट प्रतिष्पर्धाको लागी गुप्ताले पहिलो प्रश्नमा नै लाईफलाईनको प्रयोग गरेका छन् । र चौथोे प्रश्नको उत्तरमा पनि सफल हुन सकेनन् त्यसैले ३ हजार नगद पनि ० मा झरेको छ । गुप्ता ‘को बन्छ करोडपति’ बाट खाली हात नै फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्