
२२ चैत २०७५, काठमाडौं
भारत मिजोरम राज्यका ६ वर्ष उमेरका बालकले आफ्नो साईकलले किचेको कुखुराको उपचार गर्न अस्पताल पुगेको घटना सामाजिक संजालमा भाइरल भैरहेको छ ।
जानकारी अनुसार साइकल खेल्दै गर्दा दुर्घटनाबस साइकलले छिमेकीको चल्ला किच्यो । यो देखेर बालक आत्तिए, डराए, त्यसपछि उनी आफू सङग भएको १० रुपैया र चल्ला लिएर अत्तालिदै अस्पताल पुगे । त्यहाँ पुगेर बालकले चल्लाको उपचार गर्न आग्रह गरे ।
बालकको तस्बिर खिच्ने को हुन् :
आफ्नो साइकलले चल्ला किचेपछि साथमा भएको १० रुपैंया बोकेर अस्पताल पुगेका ती बालकको तस्बिर त्यही अस्पतालका कार्यरत एकजना नर्सले खिचेको बताइएको छ ।
मिजोरमका ६ वर्षे बालक डेरेक सी लालछन हिमालेको त्यस्तो क्रियाकलापले भावुक बनेका अस्पतालका चिकित्सकले चल्ला त बचाउन सकेनन तर त्यहिँ कार्यरत एकजना र्नसले बालकको तस्विर खिचेर सामाजिक संजालमा शेयर गरेकी हुन् ।





