डिभोर्स गरेको आक्रोसमा श्रीमानले श्रीमतीको काटिदिए : जीब्रो



२२ चैत २०७५, काठमाडौं

अनेकै किसिमका यो संसारमा घट्नाहरु सुन्न परेको छ, र कसै कसैले त प्रत्यक्ष आफ्नै आखाँले पनि देखेका छन् । घट्ना सुन्दा कसैलाई विश्वास नलाग्ला तर घट्ना यर्थाथ हो । घट्ना पाकिस्तानको राजधानी लाहोर नजिकै रहेको हाफिजाब जिल्लाको पिँडी भट्टिया गाउँका एक व्यक्तिले श्रीमतीलाई डिभोर्स दिए लगतै कैचीले जिब्रो काटिदिएका छन् । डिभोर्स गरेपछि आक्रोसमा आएका ती व्यक्तिले पूर्व पत्नीको जीब्रो काटिदिएका हुन् ।

रिस नियन्त्रण गर्न नसकेपछि उनले पत्नी नसरीनको जीब्रो काटिदिएका हुन् । जहाँगिरमाथि नसरीनले हत्या गर्न कोसिस गरेको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् । डिभोर्सपछि पनि यी दुई विवादमै रहेका थिए । विवादकै क्रममा भूपू ससुराली पुगेर एक्कासी माइतीमा रहेकी पत्नीमाथि खनिएका जहाँगिरले योजना बनाएर कैँची लिएर ससुराली पुगेका थिए ।

आक्रोसमा रहेका उनले आफुसँग रहेको कैँची निकालेर जीब्रो काटिदिएका हुन् । जीब्रो काटिएपछि घाइते भएकी नसरीनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्