
२२ चैत २०७५, काठमाडौं
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियशनको नेयाँ नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीले समर्थन गरेको प्रगतिशिल पेशागत, समावेशी समूहले दुई तिहाई बढी सिटमा विजयी हासिल गरेको छ ।

२५ सदस्यीय केन्द्रिय समितिमा कम्युनिष्ट समर्थकहरुको समूहले २२ स्थानमा विजयी हासिल गरेको छ । परिवर्तन खबरलाई प्राप्त स्रोतका अनुसार प्रदेश नं. ५ का उपाध्यक्षका उम्मेदवार पेशामा लामो समयदेखि क्रियाशील, अनुभवी र बौद्धिक भएपनि जातिय कारणले हार बेहोरेका बुझिएको छ । त्यसैगरी महासचिवका उम्मेदवारले चुनावी चातुर्यता देखाउन नसक्नु, प्रतिस्पर्धीले सवै मतदाताहरुलाई पटक–पटक फोन गरेको कारण पेशामा नरहेका अधिकांश मतदाताहरुले प्रगतिशिलका महासचिवलाई मतदान नगरेको बुझिएको छ । प्रगतिशिलले गुमाएको एक खुल्ला मधेशी/मुस्लिम सदस्य तुलनात्मक रुपमा प्रतिस्पर्धी भन्दा कमजोर भएका कारण हार व्यहोरेको जानकारीमा आएको छ ।
नेपाल बार एशोसिएशनको नवनिर्वाचित कार्यसमितको विवरण :






