नेपाल–भारत सीमा तीन दिनका लागि बन्द हुँदै !



२२ चैत्र २०७५, काठमाडौं

भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।

भारतको उत्तराखण्डमा आगामी २८ चैत्रमा भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बताईएको छ ।

उत्तराखण्डसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरू चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् ।

भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको होे ।

प्रतिक्रिया दिनुहोस्