
२० चैत २०७५, काठमाडौं
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बूढानीलकण्ठ नगरपालिकामा बेरोजगार तथ्यांक संकलन तथा रोजगार समन्वय गर्न सिजन अधिकारी तोकिएका छन् ।
बूढानीलकण्ठ नगरपालिकाका प्रत्येक वडामा बेरोजगार विवरण भर्नको लागि फारामहरु उपलब्ध गराईएको छ । आवश्यक जानकारीको लागि वडा कार्यालय वा रोजगार संयोजकलाई ९८४९२६९२१० मा सम्पर्क गरी आवश्यक जानकारी लिन सकिने बताईएको छ ।
प्रत्येक नागरिकलाई रोजगार दिने महत्वकांक्षी योजना सार्वजनिक गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका सवै पालिकाहरुमा रोजगार संयोजक तोक्न निर्देशन दिए अनुसार रोजगार तथा श्रम मन्त्रालयको मातहतमा रहने गरी ७७१ वटै स्थानीय सरकारमा रोजगार संयोजक तोकिएका छन् ।
तथ्यांकबाट छानिएका बेरोजगार नागरिकलाई नेपाल सरकारको मापदण्ड पुरा गरेपछि कम्तीमा १०० दिन बराबरको रोजगारी दिने वा रोजगार दिन नसके बेरोजगार भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।





