थुलुङ दुधकोशी गाउँपालिकाले दियो १० लाख !



२० चैत्र २०७५, काठमाडौं

थुलुङ राई भाषाको कक्षा–२ को पाठ्यसामग्री हालाम–न’ प्रकाशनका लागि सोलुुखुम्बुस्थित ‘थुलुङ दुधकोशी गाउँपालिका’ले बजेट उपलब्ध गराएको छ ।

यसअघि ‘हालाम–को’प्रकाशन गरी पढाई समेत सुरु गरिसकेको ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’लाई गाउँपालिकाले १० लाख बजेट उपलब्ध गराएको हो ।

गाउँपालिका केन्द्रस्थित मुक्लीमा आज बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

विगतमा विभेदकारी राज्यसत्ताले संस्कृत भाषालाई मात्रै अरबौं बजेट वितरण गरेर अरु सारा भाषालाई चाहिँ पाखा पारिरहेको परिप्रेक्ष्यमा थुलुङ दुधकोशी गाउँपालिकाको निर्णयप्रति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले खुशी व्यक्त गर्दै प्रमुख असिम राईज्यु लगायत गाउँपालिका परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

यो पनि पढ्नुहोस् !

थुलुङ राईहरुको कक्षा–२ को भाषिक पाठ्यक्रम ‘हालाम–न’ निर्माणका लागि सहयोगको अपिल !

प्रतिक्रिया दिनुहोस्