पहिलो प्रश्नमै लाईफलाईन, तर धेरै रकम जितिन ‘को बन्छ करोडपति’ मा (भिडियो सहित)



२० चैत २०७५, काठमाडौं

महानायक राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ ।

कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

एपिसोडमा २३ का प्रतियोगीले ८० हजार जितिन् । गुल्मीकी पुनम शाही पहिलो प्रश्नमा नै लाईफ लाईन प्रयोग गरेकी १ लाख ६० हजारका लागि सोधिएको प्रश्न क्वीट गर्दै ८० हजार लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्