नेकपाद्धारा मृतक परिवारलाई पाँच लाख दिने घोषणा !



२० चैत्र २०७५, काठमाडौं

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आँधीहुरी पीडित मृतकको परिवारलाई पाँच –पाँच लाख दिने घोषणा गरेका छन् ।

नेकपा निकट विधार्थी संगठनकी नेतृ आरती लामाका अनुसार आईतबार बाराको फेटा गाँउपालिका पुगेका प्रचण्डले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन् ।

आईतबार आएको आँधीहुरीमा परी मृत्यु हुनेको संङख्या मंगलबारसम २८ पुगेको छ ।

मृतकका परिवारलाई संघ सरकारले जनही ३ लाख दिने घोषणा गरेको छ  ।

कांग्रेस केन्द्रीय समितिले सम्पूर्ण पीडितका लागि २५ लाख उपलब्ध गराउँने भएको छ ।

प्रतिक्रिया दिनुहोस्