चीनमा दुनियाँलाई नै चकित पार्ने फुल : जहाँ रूखमै फुल्छ चरा..



२० चैत २०७५, काठमाडौं

प्रकृतिको देन पनि दुनियाँ नै चकित पार्ने रहस्यमय र अनौठो किसिमका हुदोरहेछ । यस्सै क्रममा चीनको उत्तरी भेगमा एक अनौठो फुलको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । कुनै एक रुखमा फुल फुल्नु फल लाग्नु सामान्य हो । तर चीनमा भने एक रुखमा चरा जस्तै देखिने फुल फुल्ने गर्छ ।

झट्ट हेर्दा निकै मनोरम देखिने उक्त रुखमा फुल फुलेको समयमा रुख भरी चरा बसेको जस्तै देखिन्छ । म्यागनोलिया नाम गरेको रुखमा जब फुलको कोपिला फक्रन थाल्छ तब ती कोपिलाहरु चरा जस्तै देखिन्छन् ।

चीनको उत्तरी भेगमा पाइने यो रुखमा वसन्त ऋतुमा फुल्ने फुल निकै बासनादार र सुन्दर हुन्छन् । करिब १ देखि २० मिटरसम्म अग्लो हुन्छ । वसन्त ऋतुको शुद्ध मौसममा फर्कने फुल निकै आकर्षक र सुन्दरताको प्रतिक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्