सांसद श्रेष्ठद्वारा डल्लु आवास ब्यायाम पार्कको शिलान्यास



१९ चैत २०७५, काठमाडौं

काठमाडौं क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा न. १५ डल्लु आवास ब्यायाम पार्कको प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले शिलान्यास गरेका छन् ।

कार्यक्रममा कामपाका प्रवक्ता एवं १५ वडाका वडाध्यक्ष ईश्वरमान डंगोल, १५ वडा सदस्यहरू आनन्दराम गौतम, मैयालक्ष्मी महर्जन र डल्लु आवास सहयोग समितिका अध्यक्ष राजा शाक्य लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

सांसद श्रेष्ठले खुल्ला जग्गाहरूको संरक्षण र पार्क निर्माण अभियान अन्तर्गत नै उक्त पार्क निर्माण कार्य शुरू गर्न लागेको र पार्कबाट स्थानीय जनसमुदाय, स्वयम्भुमा मर्निङवाक आउने व्यक्तिहरु समेत लाभान्वित हुने बताए । साथै डल्लु आवास, जग्गा एकीकृत आयोजना नेपालमा पहिलो शुरू भएको योजना भएको हुँदा वडाको नेतृत्वमा नमुना आवास वनाउने कार्यमा आफ्नोतर्फबाट पुर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वडाध्यक्ष ईश्वरमान डंगोलले आवास आयोजना संचालन गर्दा भएका कामहरूका बारेमा बताउनुका साथै आवासका सम्पूर्ण सडकहरू मर्मत र कालोपत्र चाँडै नै हुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्