
१९ चैत २०७५, काठमाडौं
मालती डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक लिलाधर खड्का र गायिका गरिमा छिनालको आवाजमा “जाले रुमाल फिरीरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा विनोद बावु केसीको शब्द तथा लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन, अमर शाक्यको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको “जाले रुमाल फिरीरी” को भिडियोमा सुमन परियार र रिना थापा मगरको नृत्य रहेको छ ।





