अन्तर्राष्ट्रिय महामहोत्सबको तयारी पुराः उद्घाटनमा राष्ट्रपति आउने 



१९ चैत २०७५, इटहरी

सुनसरीको इटहरीमा रहेको श्रीकृष्ण प्रणामी मन्दीर नेपालकै नमुनाको रुपमा निमार्ण भईरहदा यहि चैत्र २३ गतेबाट हुने महामति प्राणनाथ प्राकट्य चतुर्थी शताब्दी अन्तर्राष्ट्रिय महामहोत्सबको तयारी पुरा भएको छ ।

धार्मीक महत्व बोकेको मुक्तिधामलाई नेपालकै धार्मीक पर्यटकियक स्थलको रुपमा बिकास गर्न उक्त महामहोत्सबको आयोजना गर्न लागीएको हो । करिब दश करोडको लगानीमा निमार्ण भएको मुक्तिधामको उदघाटन तथा महामहोत्सवको अवसरमा राष्ट्रपति बिद्यादेवि भण्डारी चैत्र २४ गते इटहरी आउने भएकी छिन् ।

कार्यक्रमको उदघाटन राष्ट्रपतिबाट हुने कार्यक्रमका अध्यक्ष हेम प्रसाद घिमिरेले जानकारी दिए । सात दिन सम्म चल्ने कार्यक्रममा दैनिक २५ हजार भन्दा बढि भक्तजनहरुको आगमन हुने र दश हजार भन्दा बढिलाई दैनिक आवशका साथै खानाको व्यवस्था रहेको प्रचारप्रसार समितिका अध्यक्ष भजन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्