
१९ चैत्र, २०७५ काठमाडौँ
आधीँ पीडितहरुलाई राहत वितरण गर्ने क्रममा नेपाल रेडक्रस सोसाईटी बारामा विवाद बढेको छ ।
नेपाल रेडक्रस सोसाईटी बाराका शाखा अधिकृत उदय नेपालका अनुसार त्रिपाल वितरणमा समस्या देखिएपछि उक्त विबाद बढको हो ।
पक्का घर भएकाहरुले पनि त्रिपालका लागि दाबी गरेपछि वितरणमा समस्या आएको हो ।
सशस्त्र प्रहरीहरुले त्रिपाल वितरण गरेपनि वास्तविक पीडितले नपाएको गुनासो गरेका छन् । पीडितहरु रातभरि खुल्ला आकाशमुनि चिसो भूँईमा सुत्न बाध्य भएका छन् ।
पीडितहरुलाई व्यवसायी सञ्जय अग्रवालले ९२ थान त्रिपाल, ५० थान झुल, ५० थान एलईडी लाइड र सेनाहरुले त्रिपाल वितरण गरेका थिएका ।





