जोसेफ स्कूलको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचर)



१९ चैत २०७५, काठमाडौं

बूढानीलकण्ठ क्षेत्रको उत्कृष्ट विद्यालय जोसेफ हाई स्कूल र आइ जोसेफ पब्लिक स्कूलको प्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि चर्चित गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले जोसेफ हाई स्कूल प्राङ्गणमा विशेष समारोह विच एसकेजीदेखि कक्षा आठ सम्मका विद्यार्थीहरुलाई दिक्षित प्रमाणपत्र र दीक्षान्त टोपी लगाई दीक्षित गरेकी थिईन् ।

दीक्षान्त समारोहमा मन्तव्य राख्दै जोसेफ स्कुलका संस्थापक प्रिन्सिपल सुर्यबहादुर अधिकारीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन जोसेफ स्कूल प्रतिबद्ध रहेको बताउँदै कक्षा १२ सम्म संचालनमा रहेको विद्यालयलाई आउँदा बर्षहरुमा स्नातक तहसम्मको अध्यापन गराई यस क्षेत्रकै नमूना विद्यालय बनाउन आफू लागि परेको बताए ।

दीक्षान्त समारोहमा बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भु भट्टराई, महिला सञ्जालकी अध्यक्ष बिन्दा गौतम, अधिकारकर्मी सावित्री भट्टराई, सज्जन महिला साकोसकी अध्यक्ष सिमा पुरी, महानगरीय प्रहरी प्रभाग कपन प्रमुख प्रहरी निरीक्षक मिनबहादुर कुँवर, प्रहरी नायव निरीक्षक अर्जुन गिरी, युवा संघका केन्द्रीय सदस्य निरन्जन नेपाल, स्थानीय संचार माध्यमका प्रतिनिधिहरु लगायत अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा साना बालबालिकाहरुले विभिन्न नृत्य तथा गायन गर्दै आफ्नो कला प्रस्तुत गरेका थिए ।

   

प्रतिक्रिया दिनुहोस्