रोटरी क्लब पशुपतिको २२ औं स्थापना दिवसमा बालअधिकारकर्मी महर्जन सम्मानित (फोटो फिचर)



१९ चैत २०७५, काठमाडौं

रोटरी क्लब अफ पशुपतिको २२ औं स्थापना दिवसको अवसरमा फरक क्षमता भएका बालबालिकालाई संरक्षण गरी सेवामा विगत तीन दशक भन्दा बढी समय बिताएका बुङ्मती अपाङ्ग सेवा संघ ललितपुरका अध्यक्ष दयाराम महर्जनलाई रु ५० हजार नगद सहित अंगमराज तिमल्सिना स्मृति पुरस्कारबाट सम्मान गरिएको छ ।

सम्मान ग्रहण गर्दै अध्यक्ष महर्जनले भने, ‘२०४६ सालदेखि बालबालिकाको क्षेत्रमा सेवारत बूङ्मती अपाङ्ग सेवा संघ २०५४ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई फरक क्षमताका ६२ जना बालबालिका बाल गृहमा राखी अन्य १० जना घरबाट आउनेजाने गरी शिक्षा, स्वास्थ्य र सीप विकासमा योगदान पुर्याई रहेको बताउँदै आफूले प्राप्त गरेको नगद पुरस्कार बालबालिकाकै हितमा प्रयोग गर्नेछु ।’

रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक गभर्नर चिन्तामणी भट्टराईले पानसमा दीप प्रज्वलन गरी उद्घाटित समारोहमा क्लबका पूर्व अध्यक्ष तथा राष्ट्रिय अनुसन्धान केन्द्रका पूर्व प्रमुख देवीराम शर्माले स्वागत मन्तव्य राख्दै जीवित वस्तु र व्यक्तिको कुनै समयमा समाप्त हुने प्राकृतिक नियम भएपनि रोटरी क्लव जस्ता समाजिक संस्थाहरु मानव अस्तित्व रहँदा समेत जीवन्त रहिरहने बताए ।

कार्यक्रमका प्रमुख अतिथि भट्टराईले वैदिक परम्परा र सभ्यतामा परोपकारको ठूलो स्थान रहेको बताउँदै पूर्वीय दर्शनबाट प्रभावित भई समाजसेवाका लागि स्थापना गरिएकोे रोटरी ईन्टरनेशनल विश्वमाझ सेवा र परोपकारमा निरन्तर क्रियाशील रहेको बताए ।

कार्यक्रममा रोट्याक्ट्र क्लब अफ पशुपतिका रोट्याक्ट्रहरुले स्वागत नृत्य तथा मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।

रोटरी क्लब अप पशुपतिका सचिव भुवन सिंह कुँवरले संचालन गरेको कार्यक्रममा रोटरी क्लब अफ पशुपतिका संस्थापक गणेश बहादुर थापा, पूर्व अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक खड्गजीत बराल, पूर्व डिष्ट्रिक गभर्नर केशव कुँवर तथा श्रीमती दुर्गा कुँवर, रोटरी क्लब अफ पशुपतिका १३ पूर्व अध्यक्षहरु, अन्य क्लबका अध्यक्षहरु लगायत रोटरी परिवारका आफन्तहरु समेत सहभागी थिए ।

समापन समारोहको धन्यवाद मन्तव्य संस्थापक मीन बहादुर राउतले गरेका थिए भने रोटरी क्लब अफ पशुपतिका सर्भिस चियर ध्रुव प्रसाद घिमिरेले संचालन गरेको परिवर्तन खबर डट कमले नेपाली र अंग्रजीमा साप्ताहिक फिचर स्टोरी तथा भिडियो अन्तरवार्ता ‘सेवामा रोटरियन’ प्रकाशन/प्रशारण गर्ने जानकारी गराएका थिए । समारोहमा रोट्याक्ट्र क्लब अफ पशुपतिकी अध्यक्ष जेनी भट्टराईले विदेश नआउ भाई बोलको मार्मिक कविता वाचन गरेकी थिईन् ।

        

प्रतिक्रिया दिनुहोस्