
१९ चैत २०७५, काठमाडौं
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको घटनामा मोरक्कोकी महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यहिँ कार्यरत पाकिस्तानी कामदारलाई दिएको खुलेको हो । मोरक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर कामदारलाई खान दिएको न्यायीक अधिकारीले बताएका छन् ।
ती महिलाले आफ्नो प्रेमीको तीन महिनाअघि हत्या गरेको र घटना हालै मात्रै थाहा भएको छानबिनमा संलग्न भएका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अनुमानित ३० वर्षकी ती महिलाको अपराधका सम्बन्धमा अनुसन्धान भइरहेको छ । हत्या भएका व्यक्तिसँग उनी सात वर्षदेखि सम्बन्धमा थिइन् । मोरक्कोकी अर्कै महिलासँग विवाह गर्ने तयारी गरेको बताएपछि आफूले प्रेमीको हत्या गरेको ती महिलाले बताएकी छन् ।





