पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ !(आँधी: बारा–पर्सा)



१८ चैत्र २०७५, काठमाडौं

आज देशलाई एकचोटी फेरी दुखेको छ । ति असह्य चोटहरुबाट देशले सहिष्णुता गुमाएको छ ।

अहिले म गीतकार दिनेश अधिकारीलाई सम्झिरहेको छु ।

अनि गायक स्वरुपराज आचार्यलाई पनि सँगसँगैं सम्झिरहेको छु ।

यि श्रष्ठाहरुद्वारा धेरै वर्ष अगाडी गाईएको त्यो गीत आईतबार साँझकै लागि गाईएको जस्तो लाग्यो । जुन समय ‘पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ । आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ सँग मेल खायो ।

आईताबार राती पूर्वी नेपालको बारा र पर्सा जिल्लामा आँधी ले धेरैको ज्यान लियो । भने, धेरै घाईत अवस्थामा बाँचिरहेका छन्, कत्ति घाईतेहरु अनायस प्रकृतिसँग एकाकार हुँदै छन् ।

मेरा सम्झनाहरुमा तिनै गीतहरु गुञ्जिरहेका छन् ।

पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ !
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ !

साँच्चै बारा र पर्सामा आएको त्यो भिषण आँधी हुरीले यो गीतलाई एकचोटी ताजा बनाएको छ ।

 

आँधी हुरीबाट ३२ जनाको ज्यान गईसकेको छ भने, ६०० भन्दा बढि घाईते भएका छन् । भन्ने सञ्चारमाध्यमहरुमा समाचार आईरहेका छन् ।

यो दुःखद घडिमा मृत आत्माले शान्ति पाऊन् !
घाईतेहरुमाझ शिघ्र स्वास्थ्य लाभको कामना !
अनि !
शोकमा परेका परिवारहरुमा धैर्यधारणको शक्ति ईश्वरले प्रदान गरुन् ।

के थियो मौसमविद्हरुको पूर्वानुमान ?

मौसमबारे पूर्वानुमान नभएको मौसम विज्ञान विभागले जनाएको छ ।

तर, नेपालमा चैत्रदेखि जेष्ठसम्मको मौसम प्रि–मौसम भएको मौसमविद्हरु बताउँछन् ।

तर, मौसम पूर्वानुमान महाशाखाले मध्य तथा पूर्वी नेपालमा ठुलो मेघ जर्गनका साथ पानी तथा हावाहुरी आउँनु सक्ने बताएको थियो ।

ठुलो आँधी हुरीको कारण ?

नेपालमा चैत्रदेखि जेष्ठसम्मको मौसमलाई प्रि–मौसमको रुपमा लिईरहँदा जत्तिखेर हावा हुण्डरीहरु निम्तिन सक्ने त्यत्ति ठुलो कुरा भने, पक्कै होईन ।

तर, अचानक ठुलो आँधी हुरी आउनुमा स्थानीय वायुको प्रभाव र भारतको मध्य प्रदेशमा निम्न चापीय क्षेत्र विकसित हुनु बताईएको छ ।

मौसम पूर्वानुमान निकायले भनेको थियो, नेपाली सिमा जोडिएको विहार तथा पश्चिम बंगालमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतीमा हावाहुरी चल्न सक्छ ।

 

के छ? त्यहाँको स्थिती?

आईतबार साँझ ७ः३० बजेदेखि सुरु भएको हावाहुरीले ठुलो मात्रामा जनधनको क्षती भएको छ ।

जहाँ ३२ जनाभन्दा बढिले ज्यान गुमाईसकेका छन्, भने करिब ६०० भन्दा बढि घाईते भएका प्रारम्भिक अध्ययनले जनाएको छ । त्यसैगरी त्यहाँ मृतकको संख्या बढ्न सक्ने बताईएको छ ।

गम्भीर घाईते भएका केहीलाई भने, काठमाडौं ल्याईएको छ ।

एकचोटी सुन्नुहोस् यो गीतलाई !

प्रतिक्रिया दिनुहोस्