
अमेरिकाको रोड आईल्याण्डमा बस्ने थोमस गुडम्यान नामक एक व्यक्तिले तीन हप्ता भन्दा कम उमेरकी बालिकाको थुपै्र भिडियो बनाएका थिए ।
भिडियोमा उनी बालिकाको शरिरलाई गलत तरिकाले छोइरहेको देख्न सकिन्छ । उनी १८ महिना हुञ्जेलसम्म दोषीले लगातार भिडियो बनाइरहे । उनले ती भिडियोलाई चाइल्ड पोर्नेग्राफी वेबसाइटमा पनि सेयर गर्दथे । करिब १० वर्षपछि शुक्रबार अमेरिकाको रोड आइल्याण्ड जिल्ला कोर्टले यो निर्णय सुनायो ।
थोमसबारे यो कुरा त्यो दिन सार्वजनिक भयो जब उनी काम गरिरहेका बेला स्मार्टफोन प्रयोग गरेपछि उनका बोसले फोन खोसे । फोन हेर्दा उनले थुप्रै बच्चाहरुलाई गलत तरिकाले छोएको तस्बिर र चाइल्ड पोर्नोग्राफी भिडियो थिए । त्यसपछि यो सबै घटना पुलिससम्म पुग्यो ।
अदालतले ४५ वर्षका थोमसलाई २६० वर्षको सजाय सुनाएको छ । त्यसपछि उनी अदालतमै बेहोस भए । प्रोभिडेन्स जर्नललाई उद्धृत गर्दै डेली मेलले भन्यो, ‘न्यायाधिसले सजाय सुनाइरहेका बेला गुडम्यान अगाडिको टेबलमा बेहोस भएर लडे ।’
डेलिमेलमा छापिएको एक रिपोर्ट अनुसार अदालतले उनलाई यो सजाय जसरी पनि भोग्नैपर्ने बताएको छ किनभने यो घटनाको अनैतिकताको स्तर निकै उच्च छ । थोमस थुप्रै बालिकाको यौन शौषणका दोषी हुन् । यसमा एक ६ वर्षकी बालिका पनि छिन् जसको ६ वर्षसम्म शोषण भयो । अदालतले उनलाई नवजात शिशुको यौन शौषण र पोर्नेग्राफी बनाएको बाहेक सात बालिकामाथिको यौन शौषणमा दोषी ठहर गर्यो ।
प्रत्येक मामलामा उनलाई ३० वर्षको सजाय भएको छ । चाइल्ड पोर्नेग्राफी बनाएको, फोनमा राखेको र हेरेको आरोपमा उनलाई २० वर्षको थप सजाय भएको छ । कूल २६० वर्षको जेल, जुन उनले जमानत बिना नै पूरा गर्नुपर्छ ।
दोषी गुडम्यान होसमा आएपछि न्यायाधिसले केही भन्नु छ भनेर सोध्दा उनले आफूले गरेको कृत्यमा स्पष्टिकरण दिनका लागि आफूसँग केही नभएको बताए । एजेन्सी





