सांसद श्रेष्ठद्वारा निपुहिती पार्कको शिलान्यास



१७ चैत २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौ महानगरपालिका वडा न.१५ स्थित निपुहिती पार्कको शिलान्यास गरेका छन् ।

कार्यक्रममा कामपाका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल,  वडा सदस्य निमा लामा, डल्लु आवास सहयोग समितिका अध्यक्ष राजा शाक्य, निपुहिती पार्कका संयोजक त्रिरत्न मानन्धर, निपुहिटि क्लबका अध्यक्ष ओंमकृष्ण श्रेष्ठ लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

सांसद श्रेष्ठले खुल्ला क्षेत्रको संरक्षण र पार्क निर्माण कार्यलाई प्राथमिकता दिएको बताउँदै खुल्ला क्षेत्रको संरक्षणले भुकम्प लगायत अन्य प्रकृतिक प्रकोप जस्ता बिपद्को समयमा जीवन बचाउने र अन्य समयमा केटाकेटीहरु खेल्न र ब्यायाम गर्न उपयोगी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्