दुई दिदी–बहिनी ‘रुविशा’ र ‘एलिशा’ ४० घण्टा लामो युगल नृत्य गरेर ‘विश्व रेकर्ड’मा नेपाललाई ह्याट्रिक दिलाउँने साहसमा जुट्दै ! (भिडियो सहित)



१७ चैत्र २०७५, काठमाडौं

‘नेपाल’सँग सांस्कृतिक सम्पत्तिहरु प्रशस्तै छन् ।

कला, भाषा, संस्कृति, भेषभूषा, तथा विभिन्न लोक परम्पराहरु अझै जीवितै छन् ।

जहाँ नेपालीहरु आफ्नै सांस्कृतिक सम्पत्तिहरुमा रमाएका छन् ।

‘नेपाल’ सानो तर, सुन्दर देश, !

अनि सानो–सुन्दर देशभित्रै अटाएका छन्, हजारौं नेपालीहरुको मौलिक चिज तथा संस्कृतिक कुराहरु ।

जसमा भेट्टाईन्छ, विभिन्न प्रतिभाको मिश्रणहरु ! र, सच्चा नेपालीपन !

जो नेपालीहरु वौद्धिक कामदेखि बहादुरिता जोडिएको काम गर्नसम्म पनि पछि पर्दैनन् । त्यसैले त पछिल्लो समय नेपालले धेरै साहसिला अनि महत्वपुर्ण कामहरुलाई फत्ते गर्दै विश्वमा चम्किरहेका छन् ।

जहाँ नेपालीहरु धेरै सफल पनि भेटिन्छन् ।

यहीँ नेपालीहरुको भिडबाट निस्केका दुई साहसिला नेपालकी आँटिला सुपुत्रीद्वय हन्, ‘रुविशा श्रेष्ठ’ र ‘एलिशा श्रेष्ठ’ !

जसले लगातार ४० घण्टा युगल नृत्य गरेर नेपालको नामलाई संसारसामु चिनाउँने हिम्मत गरेका छन् ।

यो कुरा नेपालजस्तो सानो अनि विकासोन्मुख राष्ट्रका एउटा ‘पोजिटिभ वे’ पनि हो ।

किनकी, यो कुरा चानचुने कुरा पक्कै होईन ।

रबी लामिछानेदेखि बन्दना नेपालसम्मले विशेष काम गरेरै नेपालको नामलाई विश्वमा एक बनाउँन सकेका छन् । यी नै हुन् नेपालको सपूत अनि सुपुत्रीहरु, जसले नेपाललाई विश्वमा चिनाउँने काम गरिरहेका छन् ।

यो खुशी उनीहरुको मात्रै पहि होईन । यो खुशी समस्त नेपालीहरुको हो ।

दुई सुपुत्रीद्वय ‘रुविशा’ र ‘एलिशा’ले युगल नृत्यबाट नेपालको नामलाई विश्वसामु चिनाउँन देखेका सपनाहरुलाइ पूरा गर्न उनीहरुलाई साथ अनि सहयोग गर्नेपर्छ । सहयोग गर्नु नेपालीहरुको नेपालीत्वभित्र अटाएको कुरा पनि हो ।

अर्को खुशीको कुरा त हो भने, ‘रुविशा’ र ‘एलिशा’ले नेपालभन्दा धेरै बलियो मानिएको देश अमेरिकाको रेकर्डलाई ब्रेक गर्न लागेका हुन् । यस्तो एक काम जसले संसार चकित हुन्छ ।

यस्तो काम गर्न त होईन, यस्तो काम गर्छु भनेर सोच्नु मात्रै पनि एक साहसिलो काम हो ।

उनीहरुलाई सम्मानका हातहरु लम्काउँनै पर्छ, जसले यो काम गर्छु अनि नेपाली अनि नेपाललाई विश्मा चिनाउँछु, भनेर आँट कसेका छन् ।

अनि ति माता–पिताप्रति पनि आभारी व्यक्त नगरिरहँन सकिन्न, जसले यत्तिको आँट भएका दिदी–बहिनीलाई जन्माए । र, आज नेपाललाई उच्च काममार्फत चिनाउँन तम्सिरहेका छन् ।

“मलाई औधी खुशी लागेको छ, यो समय ! मेरो छोरीहरुको यो साहस देखेर । पहिलो चोटी त म सरप्राईज भएको थिएँ । यो सबै कुराहरु सुन्दा । म त खुशी छु ।”

बुबा एसपी श्रेष्ठ खुशीका फोहोराहरु पोखाउँछन् ।

उनी अझ थप्छन्, “म पनि संगितमा विशेष रुची भएको मान्छे । त्यसैले मैले मेरा छोराछारीलाई पनि त्यहीँ क्षेत्रमा लगाउँन चाहन्थें । फलस्वरुपः मेरा छोरीहरु पनि यतैतिर लागे । म धेरै खुशी छु ।”

जमानाले २१ औं शताब्दीबाट फड्को मार्न लाग्दा पनि नेपालबासीहरुले नेपाललाई विकासोन्मुख भनेर अरुसामु चिनाईराख्नु पर्ने यो स्थितीमा नेपालमै भएको यो काम साँच्चै नै महत्तपुर्ण काम हो ।

जसले विदेशस्थित धेरै मान्छेहरु चकित पर्ने छन् । अनि सोच्नेछन्, नेपालीहरु पनि त्यत्ति कमजोरी रहेनन् अब ।

“यो भन्दा अगाडी भने, यो रेकर्ड अमेरिकाका दुई दिदी–बहिनी ब्रेड ग्रीस र जेनिफर ग्रीसले होल्ड गरेका थिए । अब हामी चाहिँ उनीहरुको रेकर्डलाई ब्रेक गर्न लागेका हौं ।” ‘रुविशा’ कन्फिडेन्टको आवाहरु निकाल्छिन् ।

आगामी ११ जेष्ठबाट सुरु हुने नृत्यमा विभिन्न नेपाली सांस्कृतिहरुलाई उजागर गर्ने गीतहरु गुञ्जिने छन् ।

जसले आम–नेपालीलाई नेपालीत्वको भावना जागृत गराउँने मात्रै नभएर उनीहरुमा नेपाली हुनुको दायित्वसमेत बोध गराउँने काम गर्छ । स्वाभिमानी नेपालीलाई अझै कठोर नेपालीत्वको माला भिराउँछ ।

विगत तीन वर्षदेखि नृत्यलाई आफ्नो प्रोफेशनका रुपमा नै अँगालेका ‘रुविशा’ भन्छिन् “मलाई सानैदेखि नृत्यमा विशेष रुची थियो । त्यसैमाथि मलाई सानैमा मेरा बाबाले पनि सिकाउनुहुन्थ्यो । अनि पछि पछि त डान्सबाटै केही गर्ने सोच मनमा पलायो ।”

पश्चिमाहरुले पहिले नेपालीहरुलाई कमजोरीको संज्ञा दिन्थे । उनीहरु सोच्थे की, यिनीहरु केही पनि गर्न सक्दैनन् भनेर । तर, पछिल्लो समयमा यस्तो नेपालीहरुको जन्म पनि भएको छ । जसले आफु मात्रै होईन । सिङ्गै देशकै नामलाई पनि उच्च राख्न सहयोग गरेका छन् ।

जसले पश्चिमाहरुलाई नै टक्कर दिईरहेका छन् ।

तपाई मोटिभेशनल स्पिचसँग जोडिनभएका मान्छे, पछिल्लो समय नेपालले ‘विश्व रेकर्ड’को क्षेत्रमा गरेका कामहरुको समिक्षा कसरी गर्नुहुन्छ? भनेर सोधेको प्रश्नको जवाफमा मोटिभेशनल ट्रेनर तथा ४० घण्टे लामो नृत्यका संयोजक लामा भन्छन्

“क्रान्ति अब प्रतिभाको हुनुपर्छ । यहीँ अन्तर्गतको एक क्रान्तिको प्रतिक हो, यो ४० घण्टे लामो नृत्य । यसले नेपालीहरुको ईन्टेलिजेन्ससँग पनि प्रत्यक्ष सम्पर्क राख्छ ।”

‘पूर्वका मेची नी हाम्रै हो’, ‘पानी मिठो मेरा हजुर’ तथा ‘धरान धनकुटा भेडेटार’ लगायतका गीतहरुमा नेपाली लोकनृत्य गर्दै नेपाललाई नयाँ आयाम दिलाउँने कुरा गर्छिन् ‘एलिशा’ !

४० घण्टे नृत्यको रेकर्डपछि उनीहरुले नृत्यकै फाउन्डेशन खोलेरआर्थिक पक्ष कमजोर भएकाहरुलाई नृत्यमै आत्मनिर्भर बनाउँने लक्ष्य रहेको बताउँछन् ।

अन्त्यमा !

‘रुविशा’ र ‘एलिशा’ आफैमा एक्टिभ मान्छेहरु हुन् ।

उनीहरुको सक्रियताले नेपाललाई अझ थप उच्चाईमा पुग्न सक्छ । त्यसैले आउनुहोस् न हामी सबै मिलेर यो कर्ममा हालेमालो गर्दै अगाडी बढौं ।

अनि !

आगामी ११ जेष्ठबाट सुरु हुने ४० घण्टे नृत्यको लागि शुभकामना !

यज नेपाल !
जय नेपाली !

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्