असार १५ भित्र सक्नेगरी कामपा ४ धुम्बाराहीमा धन्वन्तरी पार्कको शिलान्यास



१६ चैत २०७५, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराही स्थित काल भैरव गुठी समाजको संरक्षणमा रहेको जग्गामा प्रदेश सभा सांसद नारायण सिलवालले असार १५ मा सम्पन्न गर्ने गरी धन्वन्तरी पार्क निर्माणको शीलान्यास गरेका छन्।

स्थानीय काल भैरव गुठी समाज र धुम्बाराही धन्वन्तरी क्लबको संयुक्त प्रयासमा संरक्षित आठ आना २ पैसा जग्गामा पार्क निर्माण र सत्तलको निर्माण हुने बताईएको छ। पार्कको शीलान्यास गर्नुपूर्व काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले वैदिक संस्कार अनुसार ब्राम्हणद्वारा पुजापाठ गराएका थिएभने प्रदेश सभा सांसद नारायण सिलवालले वैदिक विधिद्वारा पूजा गर्दै तामाको पात्र र तामाकै सानो कलश गाडेर सत्तल तथा पार्क निर्माणको शीलान्यास गरेका थिए।

प्रदेश सरकारको २५ लाख ११ हजार ४७४ रुपैयाँको लागतमा बन्ने पार्कको डिजाईन ईन्जिनियरद्वय रविन्द्र श्रेष्ठ र आत्रता रेग्मीले गरेका थिए। लामो समयसम्म स्थानीय जननिर्वाचित सरकार नभएको मौका पारी भूमाफियाहरुले अतिक्रमणबाट बचाउन गुठी समाजका श्याम श्रेष्ठ, तोरण श्रेष्ठ, प्रकाश श्रेष्ठले विशेष भूमिका निर्वाह गरेको भन्दै पार्क निर्माणलाई संभव बनाउन धुम्बाराही धन्वन्तरी क्लबका सुरज श्रेष्ठ, ई।रविन्द्र श्रेष्ठ र ई। आत्रता रेग्मीलाई प्रमुख अतिथि सांसद सिलवालले धन्यवाद दिएका थिए।

कार्यक्रममा सांसद सिलवाल, वडाध्यक्ष मोहन विष्ट लगायत वडा समितिका सदस्यहरु, गुठी समाजका सदस्यहरु र क्लबका सदस्यहरु साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्