‘दर्शना श्रष्ठा सम्मान–२०७५’ बाट साहित्यकार ‘व्याकुल माईला’सम्मानित हुँदैँ !



१६ चैत्र २०७५, काठमाडौं

नेपाली राष्ट्रिय रचनाकार एवम् साहित्यकार प्रदीपकुमार राई ‘व्याकुल माईला’ सम्मानित हुने भएका छन् ।

उनलाई दर्शना स्कूल गोठाटारले २५ हजार ५५५ नगद राशी सहित ‘दर्शना श्रष्ठा सम्मान–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।

‘व्याकुल माईला’ले लेखेका राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ ले हिमाल, तराई र पहाडका सबै नेपालीहरूलाई एकैठाउँमा गोलवद्धगरी राष्ट्रगानको माद्यमबाट नेपाल राष्ट्रलाई एकढिक्का बनाउन विशेष योगदान पुर्याएको भन्दै ‘व्याकुल माईलालाई सम्मान गर्न लागिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारस्थित दर्शना स्कुलको नयाँ व्यवस्थापन समितिले ‘व्याकुल माईलालाई सो सम्मान प्रदान गर्ने घोषणा गरेको हो ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसयरमा यही चैत २४ गते ‘व्याकुल माईलालाई सम्मान पत्र प्रदान गर्ने छ ।

यो पनि पढ्नुहोस् !

‘व्याकुल माईला’ को एउटै मालामा अटिएका हामी नेपाली

प्रतिक्रिया दिनुहोस्