दोश्रो नेपाल बङ्गलादेश अन्तर्राष्ट्रिय युवा सम्मेलन इटहरीमा



१५ चैत २०७५, इटहरी

अन्तर्राष्ट्रिय रुपमा एकै धारणा बनाउन इटहरीमा पहिलो अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ ।

सुनसरीको इटहरीमा तीन दिने दोश्रो नेपाल बङ्गलादेश अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु भएको हो । युवा विकाश केन्द्र सुनसरीमा भएको कार्यक्रम युवाहरूको क्षमतामा विकास गर्ने उदेश्यले आयोजना गरीएको आयोजकले जनाएको छ ।

उद्घाटन समाहरोमा बोल्दै प्रदेश नं १ का सामाजिक विकाश मन्त्री जीवन घिमिरेले दुई देशमा विकासको प्रचुर सम्भावना रहेको बताए । १ नं प्रदेशमा यस्तो संम्मेलन गर्नु एक उपलब्धि रहेको बताउदै नेपाल र बङ्गलादेश भ्रमणको लागी प्रदेश नं १ बाट सहजता नभएको बताए ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने र छोटो दुरीमानै प्रदेश १ को सम्बन्ध विस्तार गर्ने बताए । ‘हामी सडकबाट पनि वङ्गलादेशको भ्रमण गर्ने वातावरण मिलाइन्छ । उनले भने, १ नं प्रदेशको भ्रमणको लागी काठमाडौँ पुगेरनै लामो दुरीको यात्रा हट्नुपर्छ ।’

उनले प्रदेश नं १ मा धेरै पर्यटकीय स्थान रहेको कुरा उपस्थित युवालाई स्मरण गराउँदै त्यस्ता क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई प्रदेश सरकारले सुरक्षाको पहुँच मिलाई सक्दो सहयोग गर्ने समेत बताए ।

कार्यक्रकममा नेपाली तथा बङ्गलादेशी सामाग्रीको प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने उक्त सम्मेलन आगामी आइतबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्