नेकपा प्रदेश ३ को सपथ ग्रहणमा प्रधानमन्त्री ओलीको दार्शनिक भाषण (भिडियो सहित)



१५ चैत २०७५, काठमाडौं

गठन भएको करिव १० महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । यो सँगै प्रदेश कमिटिले आधिकारिकता पाएको छ ।

सपथ ग्रहणमा पार्टी अध्यक्ष ओलीको अनुकरणीय भाषणको भिडियो :

सपथ ग्रहण कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कमिटिमा छानिएका सदस्यहरुलाई निर्देशन दिदैं भने, ‘तपाईहरु असल नेता, असल प्रशिक्षक, दृष्टान्त योग्य नेताको रुपमा, उदाहरणीय व्यक्तिको रुपमा पार्टी भित्र वा बाहिर पहिचान बनाउन सक्रिय रहनुस् तपाईका असल कामले आफ्नो प्रतिरक्षा गर्नु नपरोस् अरुले तपाईको प्रतिरक्षा गरुन् ।’

पार्टी अध्यक्ष ओलीले एकतामा भागवण्डाको कारण नसमेटिएका कार्यकर्तालाई सान्त्वना दिदैं भने, ‘ठूलो संगठनमा कतिपय साथीहरुलाई चित्त नबुझेको हुनसक्छ, समुचित मूल्यांकन नपुगेको हुनसक्छ, योग्यता र क्षमताको कदर नभएको हुनसक्छ, समय क्रममा त्यो मिल्ने भएकोले निरन्तर क्रियाशील रहन अनुरोध गरे ।’

नेकपाका कार्यकर्ताको काँधमा असिमित जिम्मेवारी भएकाले गुटबन्दी, भेद्भाव, काखापाखा छोडेर एकताबद्ध ढङ्गले अगाडि बढ्नुपर्ने बताउँदै जनतामा सचेतना फैलाउँदै, पार्टी कामको प्रचार, सचेतकको भूमिका निर्वाह गर्दै नायकको रुपमा स्थापित हुन आग्रह गरे ।

पार्टीले नेकपा नामको विप्लब समूहलाई एक वर्षसम्म वार्ताको लागि समय दिदाँ समेत वार्तामा नआई कानुन हातमा लिने, विध्वंस मच्चाउने, बम पड्काउने गतिविधि नरोकेको कारण प्रतिवन्ध लगाउनु परेको बताउँदै विखण्डनको नारा लिएर आन्दोलन गरिरहेको सिके राउत समूहले वर्तमान संविधान, देशको कानुन मान्दै नेपालको अखण्डता र सार्वभौमिकता स्विकार गरेकोले वार्ता गरेको समेत प्रष्ट्याए ।

राष्ट्रिय गानबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ को सपथ ग्रहण तथा पहिलो बैठकमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय गीत, ज्ञातअज्ञात शहिदप्रति एक मिनेट मौन धारण, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीबाट पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन भएको थियो ।

सपथ ग्रहण तथा उद्घाटन कार्यक्रममा प्रदेश ३ का सहईन्चार्ज हित बहादुर तामाङले स्वागत भाषण गरेका थिए भने ३ नं. प्रदेश अध्यक्ष नारायण प्रसाद दाहालले अध्यक्षता र सचिव आनन्दप्रसाद पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा (बादल), प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायत पोलीटब्यूरो सदस्य, केन्द्रिय सदस्यहरु र जननिर्वाचित प्रतिनिधिको समेत बाक्लो उपस्थिति रहेको थियो ।

    

प्रतिक्रिया दिनुहोस्