सिन्धुपाल्चोकको जुगल हिमालमा पहिलोपटक राष्ट्रिय झण्डा फहरिदै (फोटो फिचर)



१५ चैत २०७५, काठमाडौं

३ नं प्रदेश सरकार र जुगल गाउँपालिकाको संयुक्त पहलमा आजबाट सिन्धुपाल्चोक जिल्लाको जुगल हिमश्रृङ्खला आरोहण गर्ने पहिलो टोलीलाई काठमाडौंबाट विदाई गरिएको छ ।

आरोहण टोलीमा सहभागीहरुलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण सफलताको शुभकामना व्यक्त गरे ।

सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपालले विदाई समारोहमा ६ हजार एक सय एकाउन्न मिटर उचाईको जुगल हिमश्रृङ्खला अन्तर्गत ग्याल्जेन हिमालमा पहिलो पटक ६ आरोही टोलीको तर्फबाट राष्ट्रिय झण्डा फहरिन लागेकोमा खुशी व्यक्त गरे ।

नेकपा सिन्धुपाल्चोकका प्रस्तावित पार्टी अध्यक्ष झम्क नेपालले आरोहण टोली नेता माया गुरुङलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै राष्ट्रिय झण्डाको साथै पार्टी झण्डा समेत जुगलको टाकुरोमा फहराउन अनुरोध गरे ।

६ सदस्यीय आरोहण टोली :

माया गुरुङ
सुवास कर्मचार्य
प्रेम गुरुङ
सर्मिला थापा
मीन बहादुर लामा
माधव सापकोटा

आरोहण नेता माया गुरुङ सगरमाथा आरोही समेत हुन् भने सुवास कर्मचार्य सिन्धुपाल्चोकबाट निर्वाचित पूर्व सांसद समेत हुन् । टोलीमा नेकपाका कार्यकर्ताको समेत बाक्लो सहभागिता छ ।

      

प्रतिक्रिया दिनुहोस्