कठैबरा ! काङ्ग्रेस ९९ मा पुगेर स्वाट्टै २ मा झर्यो : प्रधानमन्त्री ओली (भिडियो सहित)



१४ चैत २०७५, काठमाडौं

प्रधामन्त्री केपी शर्मा ओलीले आफुलाई लोकतन्त्रवादी भन्ने काङ्ग्रेसले विप्लव समूहलाई समर्थन गर्नु दु:खको कुरा रहेको बताए ।

सकेसम्म कम्युनिष्ट सरकार हटाउने र राजतन्त्र चाहिन्छ भन्ने काङ्ग्रेसको खेललाई उनीहरुले समर्थन गर्दै आएको दाबी गर्दै प्रधानमन्त्री ओलीले हेर्दाहेर्दै कांग्रेसको सपना यक्तिकैमा दयनिय भएको बताए ।

प्रधानमन्त्री ओली भन्छन्, ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्यो ।’

नेपाल कम्युष्टि पार्टी ३ नं प्रदेशको पहिलो बैठकमा उनले कांग्रेस आफ्नै चरित्रका कारण ध्वस्त भएर अहिले माया लाग्दो गरि विलाएको बताए ।

प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै पार्टी नभएको बताउदैं ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा ? या कसैको घरमा ? भन्दै आक्रोसित भएका थिए ।

कम्युनिष्टको बर्को ओढेर मनलाग्दी गर्न पाइन्छ भन्ने धारणा नराख्न विप्लव समूहलाई प्रधानमन्त्री ओलीले चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्