अनौठो डिएनए रिपोर्ट : ट्वीन्स सन्तानका छुट्टाछुट्टै पिता भएको खुलासा !



१४ चैत्र २०७५, काठमाडौं

चीनमा यस्तो अनौठो एउटा डिएनए रिपोर्ट आएको छ । जसले अहिले सारा चकित छन् ।

चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई ट्वीन्स सन्तानलाई जन्माईन्, जसका पिता अलग अलग हुन् ।

डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ ।

बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए त्यसबेला यस्तो कुराको खुलासा भएको हो । प्रहरीले डीएनए टेस्ट गराउने क्रममा यस्तो खुलासा भएको थियो ।

सोधपुछमा महिलाकी स्वीकार !

सँगै जन्मिएका दुई सन्तानको भिन्न अनुहार देखिएपछि बावुले शंका गर्दै यसबारे चासो देखाए ।

फलस्वरुप प्रहरीकहाँ डीएनए टेस्टसँगै महिलालाई सोधियो ।

महिलाले भने सुरुमा जवाफ दिएकी थिइनन् ।

पछि डीएनए रिपोर्ट आएपछि आफूले फरक दुई पुरुषसँग सम्बन्ध राखेको स्वीकार गरेकी थिइन् ।

यससँगै उक्त दम्पत्तिले पाएको ट्वीन्स सन्तानको बारेमा चीन र विदेशमा समेत समाचार बनेको छ ।

प्रतिक्रिया दिनुहोस्