प्रहरी प्रभाग कपनद्वारा दुई केजी चरेस सहित एक युवक पक्राउ



१३ चैत २०७५, काठमाडौं

महानगरीय प्रहरी प्रभाग कपनले दुई केजी चरेस सहित १८ वर्षिय युवकलाई पक्राउ गरेको छ ।

मिलनचोक स्थित रिमिनी क्याफे अगाडी लागुऔषध कारोबार भएको गोप्य सूचना प्राप्त भएपछि प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक मिन बहादुर कुँवर क्षेत्री सहितको प्रहरी टोलीले चेक जाँच गर्दा दुई केजी चरेस फेला पारेको हो ।

लागुऔषध चरेस कारोबार गर्ने मुगुको खतयाड गाउँपालिका वडा नं १ का १८ वर्षिय रुप बहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्याजको बोरामा प्याकिङ्ग गरी लुकाई राखेको नियन्त्रीत लागुऔषध(चरेस) बरामद पछि आवश्यक कारबाहि तथा अनुसन्धानका लागी कार्यालयमा राखिएको प्रहरी निरीक्षक कुँवरले परिवर्तन खबरलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्