अस्पताल निर्माणको लागि गरिएको महायज्ञबाट १२ करोडभन्दा बढि संकलन !



१३ चैत्र २०७५, काठमाडौं

अस्पताल निर्माण सहयोगार्थ सोलुखुम्बुको मुक्लिमा सम्पन्न श्रीमत् भागवत ज्ञान महायज्ञबाट १२ करोड रुपैयाँ संकलन भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका’को केन्द्र मुक्लिमा सुविधा–सम्पन्न ५० शैयाको ‘दुधकोशी सामुदायिक अस्पताल’का लागि चैत २ देखि ९ गतेसम्म संचालित महायज्ञबाट १२ करोड ७७ लाख ४२ हजार रुपैयाँ सहयोग संकलन भएको हो ।

थुलुङ राई समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा आयोजना गरिएको महायज्ञमा सहयोगी दाताहरूमध्ये केहीले नगद तथा चेक हस्तान्तरण गरेका छन्  ।

९३ लाख खर्च भएको सो महायज्ञबाट २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भए पनि ५० प्रतिशत पूरा भएको भएको गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए । 

 

गत २ चैत्रमा गाँउपालिका केन्द्र मुक्लिमा शिलान्यास गरिएको अस्पताल निर्माणका लागि करिब २४ रोपनी जग्गा निःशुल्क प्राप्त भइसकेको छ भने स्वदेश तथा विदेशका विभिन्न ठाउँमा सहयोग संकलन कार्य जारी रहेको छ ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले भागवत् कथावाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्